मुख र दाँत सफा राख्नेलाई क्यान्सरको जोखिम कम

काठमाडौं । नियमित दाँत माझ्नाले मुख र पेटको क्यान्सर हुने जोखिम कम हुने अध्ययनले देखाएको छ ।

हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानअनुसार गिजामा समस्याका हुने ५२ प्रतिशत मानिसमा खाना नलीको क्यान्सर तथा पेटको क्यान्सर हुने जोखिम बढ्ने हुन्छ । यसबाहेक पहिले दाँत गुमाएकामा क्यान्सरको जोखिम अझ बढी हुने अध्ययनले देखाएको छ ।

राम्ररी तथा नियमित रूपमा दाँत सफा नगर्नु नै गिजा तथा दाँतमा देखिने समस्याको प्रमुख कारण रहेको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०ले जनाएको छ । २० वर्षसम्म ९८ हजार चार सय ५९ महिला र ४९ हजार ६ सय ८५ पुरुषहरूमा खाना नली र ग्यास्ट्रिक क्यान्सरको दर विश्लेषण गरेका थिए ।

गिजामा समस्याका हुने ४३ प्रतिशत मानिसमा खाना नलीको क्यान्सर तथा ५२ प्रतिशत मानिसमा पेटको क्यान्सर हुने जोखिम बढी हुने अध्ययनको निष्कर्ष रहेको छ । यसबाहेक पहिल्यै दुई वा सो भन्दा धेरै दाँत गुमाएका ४२ प्रतिशतमा खाना नलिको क्यान्सर तथा ३३ प्रतिशत मानिसमा पेटको क्यान्सरको जोखिम रहेको अध्ययनको निष्कर्ष रहेको छ ।

सामान्यतया मुखमा पाइने ब्याक्टेरिया र क्यान्सरबीच सम्बन्ध रहेको अध्ययनमा देखाइएको छ । साथै, वैज्ञानिकहरूका अनुसार कमजोर मौखिक स्वच्छता र गिजाको रोगले पनि क्यान्सर गराउने ब्याक्टेरियालाई बढावा दिन सक्छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here