पीएसजीमा मेसीको डेब्यु कहिले ?

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् ।

अगस्ट १० मा औपचारिक रुपमा पिएसजी अनुबन्ध भएका मेसी पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

पिएसजीले फ्रान्सेली लिगअन्तर्गत अबको खेल शुक्रबार राती ब्रेस्ट विरुद्ध खेल्दै छ । उक्त खेलका लागि पनि मेस्सी सुरुवाती रोजाइमा खेल्ने गरि फिट नहुने बुझिएको छ । तर, टोलीमा रहेर उनी बेन्चबाट भने मैदान छिर्न सक्ने बताईएको छ ।

पिएसजीका समर्थकले उनलाई घरेलु मैदानमा हेर्न भने सेप्टेम्बर १२ को क्लेरमन्ट फुटविरुद्ध खेल कुर्नुपर्ने हुन्छ ।

पिएसजीको आगामी तिन खेल तालिका (नेपाली समय)

ब्रेस्ट विरुद्ध पिएसजी (अगस्ट २१ शनिबार विहान १२ः४५ बजे (शुक्रबार मध्यराती)

राइम्स विरुद्ध पिएसजी अगस्ट ३० सोमबार विहान १२ः३० बजे (आइतबार मध्यरात)

पिएसजी विरुद्ध क्लेरमन्ट फुट – सेप्टेम्बर १२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here