पोषक तत्वले भरिपुर्ण केराको बुङ्गा खानुका यस्ता छन् अनेक फाइदा फाइदा

काठमाडौं । केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ । यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ।

केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् । यी अनुसन्धानबाट देख्नमा आकर्षक मात्रै नभएर स्वास्थ्यको लागि समेत केराको बुङ्गा लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ । केराको बुङ्गालाई केराको बोटको मुटु मान्ने गरिन्छ । यसलाई हामी उपयोगी खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्न सक्छौं ।

केराको बुङ्गामा निम्न पोषक तत्व पाइन्छ

क्यालोरी – ५१ ग्राम
प्रोटिन – १.६ ग्राम
चिल्लो – ०.६ ग्राम
कार्बोहाईड्रेड – ९.९ ग्राम
क्याल्सियम – ५६ मिलिग्राम
फस्फोरस – ७३.३ मिलिग्राम
आइरन – ५६.३ ग्राम
कपर – १३ मिलिग्राम
पोछासियम – ५५३.३ मिलिग्राम
म्याग्नेसियम – ४८.७ मिलिग्राम
भिटामिन ई – १.०७ मिलिग्राम

यस्ता छन् फाइदा

– एनिमिया अर्थात् रगतको कमि भएको समयमा केराको फुलको प्रयोग गरिन्छ । यसको सेवनले शरीरमा आइरनको कमि हुदैन र रगतको कमि पनि पूर्ति गर्छ ।

– क्यान्सरबाट बच्नका लागि पनि केराको फुलको प्रयोग गरिन्छ । यसमा भएको एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउछ ।

– केराको फूलमा म्याग्नेसियम, एन्टीअक्सिडेन्ट,एंटी डिप्रेसेंट तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्न मदत पुर्याउछ ।

– पेट दुखाई, अपच, कब्जियत जस्ता समस्याका लागि पनि केराको बुङ्गा लाभदायक छ ।

– मधुमेहको समस्या भएकाका लागि पनि केराको फुल फाइदाजनक छ ।

बच्चालाई जन्म दिएपछि अधिकांश महिलाहरुमा दूध उत्पादन कम हुने गर्दछ । जसबाट बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन । जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन् । जुन महिलामा दूध उत्पादनको क्षमता कम हुन्छ । उनीहरु आफ्नो आहारमा केराको बुङ्गा सामेल गर्न चाहन्छन् । केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ ।

जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ । गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ । त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन् । यसलाई अचारको रुपमा खान सकिन्छ । ‘स्मार्ट कृषि’ फेसबुक वालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here