सुरु भयो नेपाल आइडलको डिजिटल अडिसन, कसरी दिने अडिसन ?

काठमाडौं, १ भदौ । नेपाल आइडलको चौथो संस्करणको डिजिटल अडिसन आजबाट सुरु भएको छ ।

कोरोनाका कारण सुरुमा डिजिटल अडिसनमा जाने निर्णय गरेको हो । डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन् । कार्यक्रम एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेछ ।

कसरी दिने अडिसन ?

नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ । अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।

अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ ।

आजबाट सुरु भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

कोरोना महामारीकै समयमा दर्शकलाई गीत संगीतबाट मनोरञ्जन दिने र उत्साह जगाउने उद्देश्यसहित डिजिटल अडिसन गर्न लागिएको नेपाल आइडलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here