यी हुन् साप्ताहिक धेरै तलब भएका १० फुटबलर, कति कमाउछन् ?

काठमाडौं । बार्सिलोसंग २१ वर्षे यात्रा टुङ्ग्याएर केही समय अघि मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका अर्जेन्टिनी स्टार खेलाडी लिओनेल मेसी सबैभन्दा धेरै तलब भएका फुटबल खेलाडी हुन् ।

छ पटकका बालोन डीओर बिजेता मेसीले पछिल्लो पटक बार्सासंग भएको सम्झौता अनुसार चार वर्षमा आश्चर्यजनक ४७० मिलियन यूरो कमाएका थिए ।

मेसी पिएसजीमा आवद्ध भएसंगै पिएसजीमा उनले ९,६०,००० यूरो प्रति हप्ताको तलब पाउने छन् । प्रतिसाता ९,६०,००० यूरो तलब खाने मेसी हाल साप्ताहिक धेरै तलब भएका फुटबल खेलाडी बनेका छन् ।

प्रतिसाता धेरै तलब खाने खेलाडीको सूचीको दोस्रो नम्बरमा इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेल्ने पोर्चुगलका स्टार खेलाडी क्रिष्ट्रियानो रोनाल्डो छन् । रोनाल्डोले युभेन्टसमा प्रतिसाता ९,००,००० यूरो तलब खादै आएका छन् ।

त्यस्तै, धेरै तलब खाने खेलाडी सूचीको तेस्रो स्थानमा पिएसजीबाट व्यवसायीक फुटबल खेल्ने ब्राजिलियन स्टार खेलाडी नेयमार जुनियर छन् । नेयमारले पिएसजीमा प्रतिसाता ६,०६,००० यूरो तलब खाँदै आएका छन् ।

यी हुन् धेरै तलब खाने १० फुटबलर :

10. Robert Lewandowski (Bayern Munich): £350,000 per week

9. David de Gea (Manchester United): £375,000 per week

8. Kevin De Bruyne (Manchester City): £385,000 per week

7. Kylian Mbappe (PSG): £410,000 per week

6. Gareth Bale (Real Madrid): £500,000 per week

5. Antoine Griezmann (Barcelona): £575,000 per week

4. Luis Suarez (Atletico Madrid): £575,000 per week

3. Neymar (PSG): £606,000 per week

2. Cristiano Ronaldo (Juventus): £900,000 per week

1. Lionel Messi (PSG): £960,000 per week

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here