विकास बैंक चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, २१ अर्बको कारोबार

काठमाडौं, २ भदौ । साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै उच्च अंक हो ।

यसअघि साउन २८ गते इतिहासकै उच्च ३१७८ विन्दुको रेकर्ड बनाएको छ । सूचकमा रेकर्ड बनाएको दिन कारोबार रकममा पनि रेकर्ड बनाएको छ । आज एकै दिन २१ अर्ब २० करोड बढीको कारोबार भएको छ ।

यो एकैदिन कारोबार भएको दोस्रो धेरै रकम हो । यसअघि आइतबार सर्वाधिक २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार इन्डेक्स ४.८३ अंकले बढेर ५९८.११ अकमा पुगेको छ ।

बुधबार समुहिक लगानी कोष र ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक १.३९ प्रतिशत घट्यो भने ट्रेडिङको सूचक ०.४० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै सूचक विकास बैंकको बढ्यो । विकास बैंकको सूचक ५.५५ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको ४.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ३.५५ प्रतिशत बढ्यो ।

मंगलबारको तुलनामा आजक कारोबार रकममा पनि वृद्धि भएको । बुधबार २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो ।

आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये, जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली हाइड्रो र शिवम् सिमेन्टको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, आँखुखोला जलविद्युतको ९.९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९.९६ प्रतिशत बढ्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनीले गर्यो । कम्पनीले ७८ करोड ८७ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here