थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त

काठमाडौं, २ भदौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here