नेपालमा सुनकाे भाउ इतिहासकै महंगाे

काठमाडौं, ६ असार । नेपालमा सुनकाे भाउ इतिहासकै महंगाे भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले ताेके अनुसार शुक्रबार छापावाल सुनको भाउ बढेर प्रति तोला ६५ हजार रुपैयाँ पुगेको हाे ।

विहीबार प्रतिताेला ६४ हजार रूपैयाँमा काराेबार भएकाे सुनकाे मुल्य शुक्रबार प्रतिताेता एक हजार रूपैयाँले बढेकाे ६५ हजार रूपैयाँ पुगेकाे छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि सुनकाे मुल्य बढेकाे व्यावसायीहरूले बताएका छन् ।

त्यस्तै शुक्रबार तेजावी सुन प्रतिताेला ६४ सात सय र चाँदी प्रतिताेला सात सय ४० रूपैयाँमा काराेबार भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here