दोस्रो तहका अधिकांश नेताले छाडे माधव नेपालको साथ

काठमाडौं, २ भदौं । एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ता प्रक्रियालाई अगाडि बढाएको छ ।

नेकपा एमाले(समाजवादी) नेपालमा पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

विभाजित चरणमा पुग्दासम्म दोस्रो तहका अधिकांश नेताहरुले साथ छाडेका छन्।

नेता नेपालले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ता गर्दैगर्दा दोस्रो तहका अधिकांश नेताहरुले नेता नेपाललाई साथ नदिएका हुन्।

वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सहित ९५ जनामा लामो समयदेखि ओलीविरुद्ध माधव नेपाललाई साथ दिएका नेताहरु छैनन् ।

भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य जस्ता नेता यो सूचीमा छैनन् । उनीहरु ओलीको पक्षमा पनि खुलेका छैनन ।

तत्काल यति भए पनि आफ्नो पक्षमा रहेका अन्यले पनि साथ दिने दावी नेपाल पक्षका नेताहरुको छ ।

यसमा पार्टी उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु थपिन सक्ने नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले बताएका छन् । नेपाल समूहको यसअघिको बैठकमा सहभागी हुँदै आएका भुसाल, आचार्य र पाण्डेले समेत पार्टी विभाजनको विपक्षमा उभिएका छन्।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएका दोस्रो तहका नेताहरुले साथ छाड्दै गर्दा स्थायी कमिटी सदस्य वेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्रै साथ दिएका छन्।

यी हुन नेपाल पक्षलाई साथ दिने ९५ केन्द्रीय सदस्य

यी हुन् ९५ केन्द्रीय सदस्यहरु:

१ माधवकुमार नेपाल

२ झलनाथ खनाल

३ मुकुन्द न्यौपाने

४ प्रदीप नेपाल

५ डा बेदुराम भुसाल

६ प्रमेशकुमार हमाल

७ राजेन्द्रप्रसाद पाण्डे

८ डा विजयकुमार पौडेल

९ डा गंगलाल तुलाधर

१० प्रकाश ज्वाला

११ नागेन्द्रप्रसाद चौधरी

१२ जयन्ती राई

१३ तुलबहादुर गुरुङ

१४ जगन्नाथ खतिवडा

१५ प्रतापलाल श्रेष्ठ

१६ जीवनराम श्रेष्ठ

१७ धर्मनाथप्रसाद साह

१८ रामप्रित पासवान

१९ रामचन्द्र यादव

२० यदवंश झा

२१ रत्नेश्वर गोइत यादव

२२ श्रीप्रसद साह

२३ रविन्द्र बैठा धोवी

२४ लक्ष्मण पौडेल

२५ मदनकुमारी शाह (गरिमा)

२६ देवशंकार पौडेल

२७ विरोध खतिवडा

२८ मेटमणी चौधरी

२९ विश्वनाथ प्याकुरेल

३० प्रेमलकुमार खनाल

३१ विजय गुरुङ

३२ सावित्रा भुसाल

३३ रामकुमारी झाँक्री

३४ गौरा प्रसाईँ कोइराला

३५ रामकुमार ज्ञवाली

३६ खगेन्द्र चुडाल

३७ सरलाकुमारी यादव

३७ सुधिरप्रसाद साह

३९ कल्याणीकुमारी खड्का

४० शत्रुधन महतो

४१ रामचन्द्र साह

४२ दिनेशकुमार राई

४३ हंशबहादुर शाही

४४ शेरबहादुर के.सी.

४५ निरादेवी जैरु

४६ प्रेमबहादुर आले

४७ भागवत नेपाली

४८ चुडामणी विक जंगली

४९ घनेन्द्र बस्नेत

५० राजेन्द्र कुमार राई

५१ बलदेव चौधरी

५२ डा देउमान सम्बाहाम्फे

५३ भाष्कर काफ्ले

५४ कृष्णप्रसाद खनाल

५५ रविन कोइराला

५६ महम्मद महाफुज अन्सारी

५७ केशवलला श्रेष्ठ

५८ नरेश खरेल

५९ भानुभक्त जैसी

६० चन्द्रबहादुर शाही

६१ दिलकुमारी पन्त

६२ बलराम बास्कोटा

६३ बसन्तप्रसाद मानन्धर

६४ महेश रेग्मी

६५ श्रीनाथ बराल

६६ सारदाप्रसाद सुवेदी

६७ गोविन्द कोइराला (बाँके)

६८ सुरेश कार्की (उदयपुर)

६९ पुरुषोत्तम पौडेल (बारा)

७० उर्वादत्त पन्त (कन्चनपुर)

७१ दलबहादुर सुनार (बाँके)

७२ गणेश काङमाङ (पाँचथर)

७३ प्रभा बज्राचार्य (काठमाडौं)

७४ मुनु सिग्देल (मनवानपुर)

७५ उषा पोखरेल (सप्तरी)

७६ रमा खाले मगर (काठमाडौं)

७७ रिता रावल (जाजरकोट)

७८ माया भट्ट (वैतडी)

७९ पूर्ण जोशी (डोटी)

८० कृष्णा

८१ विद्या चामलिङ (मोरङ)

८२ रेखा थापा बश्याल (तनहुँ)

८३ शर्मीलादेवी पौडेल क्षेत्री (स्यांजा)

८४ राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)

८५ अनारकाली मियाँ (दाङ)

८६ देवी ओली (रुकुम)

८७ नन्दा शर्मा चपाईँ (सुर्खेत)

८८ दर्गा परियार (उदयपुर)

८९ कौशिला सिंह (बर्दिया)

९० यमुना भुसाल (अर्घाखाँची)

९१ उदया शर्मा (काठमाडौं)

९२ आशा यादव (सिराहा)

९३ गोमा विष्ट (मकवानपुर)

९४ सिता बस्याल (चितवन)

९५ विभा कार्की (पर्सा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here