‘भिटामिन डी’ को कमी भए शरीरले देखाउछ यस्तो संकेत

काठमाडौं । भिटामिन डी शरीरका लागि अतिआवश्यक तत्वमध्ये एक हो ।

शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको समस्या हुनसक्छ । भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, दुखाइ हुने तथा रिकेट्स र अस्टियोपोरोसिसजस्ता रोग निम्त्याउँन सक्छ । एन्डोक्राइन सोसाइटी जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिजममा प्रकाशित एक नयाँ अध्ययनअनुसार भिटामिन डी कमी नहुने मानिसलाई गम्भीर कोभिड–१९ सङ्क्रमण हुने सम्भावना कम हुन्छ ।

मोटोपनाको समस्या भएका मानिसलाई भिटामिन डी कम हुने सम्भावना धेरै हुन्छ । शरीरमा भएको बोसोको कोशिकाहरूले भिटामिन डी शरीरमा उत्पादन तथा प्रसारित हुन रोक्छ । कलेजो तथा मिर्गौलाको समस्या वा रोग लागेमा यो पनि भिटामिन डी अभावको लक्षण हुनसक्छ ।

भिटामिन डी अभावले हड्डी तथा ढाड दुख्ने, हड्डी कमजोर हुने, गम्भीर माशंपेसी दुख्ने जस्ता लक्षण देखिने हुनसक्छ । स्वस्थकर खाना खाँदा र पर्याप्त आराम गर्दा पनि कमजोरी, थकान, अल्छीपना वा शरीरमा उर्जा नभएको अनुभव हुन्छ भने यो भिटामिन डी अभावको कारणले हुनसक्छ । यसबाहेक भिटामिन डी अभावले स्ट्रेस र एन्जाइटी निम्त्याउने हुँदा यसले शारीरिक दिनचर्यालाई समेत असर गर्न सक्छ ।

भिटामिन डीको अधिकतम मात्रा प्राप्त गर्न घाममा बस्न नै आवश्यक हुन्छ । भिटामिन डीको कमीलाई सामान्यतया घाममा बसेर, माछा वा दूध, दही, अन्डाको पहेँलो भागलगायत अधिक भिटामिन डी(समृद्ध खानाको सेवनले हटाउन सकिन्छ । साथै, डाक्टरको परामर्श लिएर भिटामिन डीको सप्लिमेन्ट पनि लिन सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here