मेस्सीको पिएसजी डेब्युमा अझै समय लाग्ने

काठमाडौं । लियोनल मेस्सीका समर्थकहरु उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर, प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् ।

यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुनेछैनन् । कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् ।

अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ ।

मेस्सी स्पेनिस ला–लिगाको इतिहासमै सर्वाधिक ४ सय ७४ गोल गर्ने खेलाडी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here