काठमाडौं, ४ भदौ । खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन भन्ने धारण गलत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
सूचना प्रकाशन गर्दै मन्त्रालयले खोपले दिने सुरक्षा र खोपको असर बीच कुनै प्रत्यक्ष सम्बन्ध नभएको बताएको हो ।
मन्त्रालयले सूचनामा भनेको छ, ‘कोभिड-१९ को खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्दैन् होला भन्ने कुरा भ्रम हो । खोप लगाएपछि कुनैपनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासंग जोडेर हेर्न मिल्दैन । कोभिड-१९ विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ । दुवै अवस्थामा खोपले काम गर्छ ।’