बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं, ६ भदौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओले इनिगो मार्टिनेजको गोलमा अग्रता लिएको थियो ।

५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बार्सिलोना खेलको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । बार्सिलोनाका ईरिक ग्रासियाले रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । इन्जुरी समयमा एरिक गार्सियालाई रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

लिगका शनिबार भएका अन्य खेलमा मालोर्कोले एलाभेसलाई १–० ले हरायो भने एस्पान्योल र भिल्लारियलले गोलरहित बराबरी खेले । यस्तै ग्रेनेडा र भ्यालेन्सियाको खेल १–१ को बराबरीमा रह्यो ।

बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बिल्बाओ २ खेलमा २ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here