घरभित्रकै कामबाट घटाउन सकिन्छ तौल

काठमाडौं । मोटोपनका शिकार भएकाहरु जसरी पनि आफ्नो तौल घटाउन चाहन्छन् । यसका लागि कतिपयले बजारमा पाइने औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउने सोचमा रहन्छन् । तर ध्यान रहोस् यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ । यसले शरिरलाई फाइदा भन्दा बढि बेफाइदा पुर्याउँछ । यस्तोमा बढिरहेको बोसो घटाउन प्राकृतिक तरिका अपनाउनु नै लाभदायक हुन्छ ।

१. ग्रीन टीको सेवन

पछिल्ला केही वर्षयता नेपालीहरु माझमा ग्रिन टीको लोकप्रियता निकै छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरको अतिरिक्त बोसो हटाउन सहयोग गर्दछ ।

२. दालचीनी

यदि तपाईं केहि दिनमै तौल घटाउन चाहानुहुन्छ भने दालचीनीको उपाय फाइदाजनक हुन्छ । बिहानीको खाजाअघि र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाएर दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन घट्ने गर्दछ ।

३. केरा

केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले मोटोपनाका साथै फास्ट फूडको लतलाई कम गर्दछ । जसका कारण स्वतः तौल कम हुन पुग्दछ ।

४. लसुन

प्राकृतिक एन्टी बायोटिक लसुनले सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । यसले शरिरमा बोसोलाई जम्मा हुन नदिने हर्मोनलाई सक्रिय बनाउने काम गर्दछ ।

५.पुदीना

एक कप मनतातो पानीमा पुदीनाका केही पात र इच्छा अनुसार मह मिसाएर पिएमा पेटको बोसो कम हुन्छ ।

६. स्याउ

स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन । यसले तौल कम गर्न मद्दत गर्दछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here