तनाव कम गर्न तुलसी चिया, यस्ता छन् अनेक फाइदा

काठमाडौं । धार्मीक मान्यता अनुसार तुलसीको आफ्नै छुट्टै मान्यता छ । सोही मान्यता अनुसार धेरैको घर आँगनमा तुलसी रोपिएकै हुन्छ ।

त्यती मात्र नभई आर्युवेदमा पनि यसको खास महत्व छ । त्यसैले तुलसी धार्मीक तथा आर्युवेद आन्यता अनुसार यसको मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ ।

आर्युवेदीक मान्यता अनुसार दिनहुँ तुलसी सेवन गर्ने निरोगी हुन्छन । विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ ।

अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

बिहान खाली पेटमा चाररपाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चाररपाँच वटा पात चपाए पनि फाइदा गर्छ । तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । यदि चिसो लागेको छ भने पनि कफ निकाल्छ ।

छातीको दुखाई पनि कम गर्छ । स्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ । तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ ।चिया संसारभर रुचाइने पेय हो ।

यो यस्तो पेय हो जुन कुनै पनि अवसर र समयमा पिउन सकिन्छ र त्यसका लागि विविध प्रकारका चिया बनाउन सकिन्छ । चिया मन पराउने मानिसहरु दिनमा कम्तीमा पनि दुई कप पिउँछन् ।

चिया समय कटाउने माध्यम र छलफलको साथी पनि हो । त्यस्तै, चियाले मानिसको तनाव कम गर्न पनि सहयोग गरिरहेको हुन्छ । हामी ब्ल्याक, मिल्क, ग्रीन, लेमन, मसाला गरी विभिन्न प्रकारका चिया पिउँछौं ।

तर थोरैले मात्र थाहा पाएको वा प्रयोग गरेको तुलसी चिया हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तुलसी धेरै गुणकारी वनस्पति भएकाले यसले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धेरै फाइदा पुर्याइरहेको हुन्छ ।

ब्लड सुगर नियन्त्रण

तुलसीको चियामा ब्लड सुगर नियन्त्रण गर्न सक्ने क्षमता हुन्छ । यसकारण सुगरको मात्रा नियन्त्रित राख्नको लागि यो चिया धेरै सहयोगी हुन्छ ।

मुखको सुरक्षा

तुलसीमा रोग प्रतिरोधक क्षमता हुन्छ । यसले मुखमा रहेका व्याक्टेरियाहरुलाई मार्न सहयोग गर्छ । यसले मुखलाई ताजा बनाइराख्ने भएको कारण मुख तथा श्वास गन्हाउने समस्या पनि हट्छ ।

चिसो मौसममा फाइदाजनक

तुलसीको पातलाई चियमा मिसायर खाँदा रुघा, खोकी जस्ता समस्या कम हुन्छन् । यसमा रहेको गुणले चिसो मौसममा धेरै सहयोग गर्छ ।

तनाव कम गर्नमा सहयोग

एक अन्तरराष्ट्रिय अध्ययनका अनुसार तुलसीले कार्टिसोल हर्मोनको मात्रा कम गर्नको लागि सहयोग गर्छ । तुलसीमा कार्टिसोल हर्मोन कम गर्नसक्ने क्षमता हुने भएको कारण यो तनाव कम गर्नमा पनि सहयोगी मानिन्छ । – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here