काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।
जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको हो ।
नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन ।
जर्सीको डिजाइनको विजेताले पनि एक लाख रुपैयाँ पुरस्कार पाएका छन ।
जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ ।
भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।
कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिती रहेको थिएन ।
आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ ।