कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा ‘इयरले-दिमोत्रिभा वारेन अवार्ड’

काठमाडौं, ८ भदौं । नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको छ ।

१३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा घोषणा गरिएको अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति (महिला/पुरुष) वा संस्थालाई प्रदान गरिनेछ ।

साथै वार्षिक रुपमा प्रदान गरिने यस अवार्ड विविध क्षेत्रमा उदाहरणीय कार्य गरेका महिला तथा किशोरीलाई समेत प्रदान गरिनेछ । जसमा विविधि उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेकाहरु पर्नेछन् ।

आफ्नै तवरमा सशक्तिकरण भएका महिला तथा सशक्तिकरणमा योगदान पु¥याइरहेका जोकोही व्यक्ति वा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यका साथ अवार्डको घोषणा गरिएको हो ।

अवार्डमा विशेष ट्रफीका साथमा नगद तीस हजार रुपैयाँ प्रदान गरिनेछ । साथै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि गर्ने गरी अवार्ड घोषणा गरिएको हो । पुरस्कार राशी तथा सहायता हरेक वर्ष विस्तार गरिनेछ ।

नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सक्नेछन् ।

अवार्डका लागि आउँदो सेम्टेम्बरको अन्तिम (असोज १४) सम्म गुगल फारममार्फत निवेदन दिनुपर्नेछ । निवेदन फारम ट्रस्टको वेवसाइटमा उपलब्ध छ ।

ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ ।

त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ ।

ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो । दुवै युरेपेली नागरिक हुन् ।

विष्णुमतीदेखि सागसम्म : कीर्तिमानी सन्तोषी

सन्तोषी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here