सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ भदौ । बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here