मधुमेहको समस्या भएका महिलाबाट जन्मिएका बच्चामा आँखा कमजोर हुने जोखिम बढी

काठमाडौं । गर्भवती महिलामा मधुमेहको समस्या भए भविष्यमा बच्चामा यसको प्रभाव देखिने एक अनुसन्धानले देखाएको छ ।

मधुमेहको समस्या भएमा आमाहरूको बच्चालाई भविष्यमा आँखा कमजोर हुने जोखिम ३९ प्रतिशत उच्च हुने डेनमार्कमा गरिएको अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक टोलीले डेनमार्कमा पाँच सय ५३ जना बच्चाहरूमा अध्ययन गरेका थिए । अध्ययनमा समावेश गरिएका यी बच्चाहरूका आमामा टाइप १, टाइप २ वा गर्भावस्थाको समयमा हुने मधुमेहको समस्या रहेको थियो ।

अनुसन्धानका क्रममा ती पाँच सय ५३ जना बच्चाहरूलाई मधुमेहको समस्या नभएको २० हजार बच्चाहरूसँग तुलना गरेका थिए । अनुसन्धानका लागि ती पाँच सय ५३ जना बच्चाहरूलाई २५ वर्षसम्म अनुगमन गरिएको थियो । चीनको नानजिङ्ग मेडिकल युनिभर्सिटीका प्रोफेसर तथा रिसर्च टीमका प्रमुख डा। जियांगबो डुका अनुसार मधुमेहसँग सम्बन्धित जटिलताहरू आमामा बढ्दै जाँदा, बच्चामा आँखा कमजोर हुने जोखिम पनि बढ्छ ।

मधुमेहको समस्या भएमा आमाहरूको बच्चालाई भविष्यमा रिफ्राक्टिभ एरर हुने जोखिम ३९ प्रतिशत उच्च हुने हुन्छ जसकारण उनीहरूको दृष्टि कमजोर हुन्छ । टाइप २ मधुमेहको तुलनामा टाइप १ मधुमेह भएका आमाहरूका बच्चामा यो जोखिम अलि कम हुन्छ । डायबेटोलोजी पत्रिकामा प्रकाशित अनुसन्धानका अनुसार यस्तो जोखिमबाट बच्नका लागि महिलाले दुई कुरामा ध्यान दिन जरुरी हुन्छ ।

गर्भावस्थाभन्दा पहिले र गर्भावस्थाको समयमा रगतमा चिनीको स्तर जाँच गराउने र आफ्नो बच्चाको आँखाको पनि सानै उमेरबाट नियमित जाँच गराइरहनु जरुरी हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here