के यसैसाता होला पिएसजीमा मेस्सीको डेब्यु ?

काठमाडौं । यसै समरमा स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रान्सको राजधानी बसाइँ सरेका अर्जेन्टिनी कप्तान लियोलन मेस्सीको डेब्यु खेलप्रेमीका लागि प्रतीक्षित विषय बनेको छ । स्पेनको २० वर्षे बसाइ अन्त्य गरेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका उनले अझै डेब्यु गरेका छैनन् ।

टोलीमा नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारियासँग प्रशिक्षणरत मेस्सीले पिएसजीबाट पहिलो खेल खेल्न पाएका छैनन् । तर उनले रेइम्सविरुद्धको खेलमा पिएसजीबाट डेब्यु गर्ने सम्भावना छ ।

फ्रान्स लिग वानअन्तर्गतको उक्त खेल रेइम्सको मैदानमा २९ अगस्टमा हुनेछ । रेइम्ससँगको खेलपछि उनी अन्तर्राष्ट्रिय ड्युटीमा फर्किने भएका कारण पनि उक्त खेलमा उनको डेब्यु निश्चित रहेको मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनो बताउँछन् ।

पोचेटिनोले भनेका छन्, ‘लियोले राम्रोसँग प्रशिक्षण गरिरहेका छन् । यदि सबै कुरा राम्रो हुँदै गएमा मेस्सी आगामी खेलका लागि टिममा हुनेछन् । सबै हिसाबले फिट रहेको खण्डमा रेइम्सविरुद्ध उनले केही समय पाउनेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here