च्याम्पियन्स लिग २०२१ : पिएसजी र म्यानचेस्टर सिटी एउटै समुहमा, यस्तो छ ड्र

काठमाडौं । युरोपको चर्चित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ ।

टर्कीको राजधानी इस्तानबुलमा एक समारोहका बीच प्रतियोगितामा सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । अघिल्लो सिजनको विजेता चेल्सी समूह एचमा पर्दा १९/२० को विजेता बार्यन म्युनिख भने समूह इमा परेको छ ।

समूह ए मा म्यानचेस्टर सिटी, पिएसजी, लाइपजिग र क्लब ब्रोगा केबीले स्थान बनाउदा एथ्लेटिको मड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भने समूह बीमा रहेका छन् ।

यस्तै, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास र पोर्चुगिज क्लब स्पोर्टिङ सिपी समूह सीमा रहँदा इटालियन च्याम्पियन इन्टर मिलानको समूहमा रियल मड्रिड, शाख्तर डोनेस्क र ऐतिहासिक उपलब्धी हात पार्दै पहिलो पटक च्याम्पिन्स लिग खेल्न आई पुगेको मोल्दोभान रिपब्लिक टोली शेरिफ सम्मेलित छ । बेन्फिका, डाइनामो किइभसँगै बार्सिलोना र बायर्न म्युनिखको खेल समूह ईमा देखिने भएको छ ।

त्यसबाहेक युरोपा लिग २०२० को उपाधि भिड्न्तको झल्को दिने गरी भिल्लारियल र म्यानचेस्टर युनाइटेडबीचको खेल समूह एफमा हेर्न पाइने भएको छ । यी दुईसँगै सोही समूहमा एटलान्टा र स्वीस क्लब एफसी योङ्ग ब्वाइज पनि रहेका छन् ।

फ्रेन्च लिग वन च्याम्पियन क्लब लिल रहेको समूह जीमा भने सेभिया, एफसी साल्सवर्ग र जर्मन क्लब वुल्फवर्ग रहेका छन् भने अन्तिम समूह अर्थात समूह एचमा पूर्व् विजेता चेल्सी, इटालियन पावर हाउस युभेन्टस्, जेनिट र स्वीडेनको क्लब एफसी माल्मो सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here