मेस्सीको पिएसजी डेब्यु आज

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आज डेब्यु गर्ने भएका छन् । पिएसजीले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२ः३० बजे हुनेछ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने यकिन भएको छैन । टोलीका अर्का फरवार्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ ।

अगस्ट १० मा अनुबन्धित भएका मेस्सीले हालसम्म कुनै खेलमा टोलीमा स्थान बनाएका छैनन् । म्याच फिटनेस नभएका कारण नै उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here