कहाँबाट भयो मःम को उत्पती ? यस्ता छन् मःम सम्बन्धी ६ तथ्य

काठमाडौं । हामीमध्ये कमै छौं जसलाई मःम मन पर्दैन् । धेरैले पाएसम्म खाजामा मःम नै खोज्छन् । खानमा स्वादिष्ट हुनुका साथै, खान छिटो हुने भएको कारण पनि धेरै मानिसहरु मःम खुब मन पराउछन् ।

मःम नेपालीहरुको लागि अत्यान्तै प्रख्यात खाजाको रुपमा लिइन्छ । आजकाल बजारमा मःम पसलहरु छ्याप्छ्याप्ती भेटिन्छ । रेष्टुरेण्टमा गएर खाजा अर्डर गर्न जति मेनु हेरेपनि नेपालीले भने मःम नै रोज्ने गरेको पाइन्छ ।

काठमाडौंको सडक किनारका ठेलादेखि तारे होटलसम्म पाइने खाजा मःमको सर्वसाधारणदेखि भिआइपीसम्म यसका पारखी छन् । थरीथरीका मःमको मात्रै दैनिक करोडौंको कारोबार हुने गरेको अनुमान छ । नेपालमा दैनिक रुपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरुबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन ।

विशेषगरी बफ, चिकेन, मटन, भेज, पनीर आदी मःम को माग धेरै हुन्छ । मःम सम्बन्धी केही तथ्यहरु छन् जुन तपाईंलाई थाहा नहुन सक्छ । जुन यस्तो छः

१. काठमाडौंमा सबैभन्दा धेरै बफ मःम को माग छ । दोस्रोमा चिकेन मःम ।

२. सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्रै दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

३. पछिल्लो समय काठमाडौं उपत्यकामा बनाना मःम को माग बढ्न थालेको छ ।

४. काठमाडौंमा मःम मात्रै बेचेर करोडपति हुने मानिसको संख्या ६० जनाको हाराहारीमा छ ।

५. मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै सोयाबिन मिसाईन्छ ।

६. मःम को उत्पति स्थान दक्षिण एसिया हो । मःम नेपाल लगाएत भारत र भुटानमा निकै प्रसिद्ध छ । (यो तथ्य अध्ययनमा आधारित छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here