के हो सन्तोष पन्तले नबुझेका ‘पेन्टोमाइम’ ?

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा कमेडी च्याम्पियन सिजन – २ को ३४ औं भाग चर्चामा छ । च्याम्पियनका निर्णायक एवं वरिष्ठ कलाकार सन्तोष पन्त निर्णयमाथि नकारात्मक र सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

पन्त विवादमा तानिएका छन् । सन्तोष पन्तले हास्यविधाको यो नयाँ शैलीलाई नबुझी विक्कीलाई हतोत्साहित गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध दर्शकहरु खनिएका छन् ।

कतिले उनलाई निर्णायकबाटै हटाउनुपर्नेसम्मको टिप्पणी गर्न थालेका छन् । जसको कारण हो शनिबार साँझ प्रशारित विक्की अग्रवालको ‘पेन्टोमाइम’ प्रस्तुति ।

‘पेन्टोमाइम’ म्युजिकल कमेडीको एउटा शैलीलाई ‘हाम्रो समाजले यसलाई बुझ्दैनन्, मैले त बुझिनँ’ भन्ने टिप्पणी यतीबेला सन्तोष पन्तलाई नै भारी भइरहेको छ । निर्णायक पन्तले प्रतिस्पर्धीलाई हतोत्साहित गर्न नहुने धारणा सार्वजनिक भै रहेका छन् ।

प्रस्तुतीपछि सन्तोष पन्तले भनेका छन्,-‘नयाँ प्रयोगको लागि धेरै बधाई छ । तर एउटा कुरा के छ भने हरेक ठाउँको आफ्नो-आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइल एकदम फरक छ ।

कुखुराले पिच्च गर्दा पनि हाँस्छन् । तर हाम्रोमा हाँस्दैनन् । जस्तो हाम्रो खानाको टेस्ट आफ्नै छ नि, दाल भात तरकारी भने जस्तै यो प्रयोग हाम्रोमा मिल्दैन् । उनीहरुको कमेडी टेस्ट र हाम्रो बेग्लै छ ।

त्यसले गर्दा यो प्रयोग तिम्रो लागि गाह्रो छ । हो,तिमीले नयाँ प्रयोग गर्‍यौ बधाई छ । तर हाम्रो समाजले अझै पनि यसलाई बुझदैनन् । मैले त बुझिन, अरुको के कुरा ? यँहा त कोही हाँसेनन्, अरु को हास्छ ?’ भन्दै कमेन्ट गरेका थिए ।

पन्तको प्रतिक्रियासँगै दु:खित हुँदै अग्रवालले भनेका थिए, ‘हिजो बेलुकासम्म पेन्टोमाइम गर्ने कि स्ट्याण्डअप गर्ने भनेर म अन्योलमा थिएँ । कार्यक्रमबाट निस्किएपनि पनि पेन्टोमाइमको परिचय गराउँछु भन्ने भयो । मलाई शून्य प्रतिशत पनि पछुतो छैन।’

के हो पेन्टोमाइम ?

पेन्टोमाइम बेलायतबाट शुरु भएको एउटा हसाउने शैली हो । ‘पेन्टोमाइम’मा संगीतिक माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउने गरिन्छ ।

पेन्टोमाइम प्राय क्रिसमस र नयाँ वर्षहरुमा प्रयोग गर्ने गरिएको छ । विशेषगरि, बेलायत, आयरल्याण्ड लगायतका देशमा पेन्टोमाइमको प्रयोग भएको पाइन्छ ।

विशेषगरि देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत गरिन्थ्यो । आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ ।

पेन्टोमाइम’ को सुरु १६ औं शताब्दीमा आएको मानिन्छ । सरल भाषामा पेन्टोमाइमलाई माइम भनेर पनि बुझ्ने गरिन्छ । पेन्टोमाइममा कलाकारले आफ्नो शारीरिक हाउभाउबाट अभिनय गरेर दर्शक हसाउने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here