मेस्सीको डेब्यु खेलमा पीएसजी विजयी

काठमाडौं, १४ भदौ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् ।

गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । डेब्यु खेलमा पीएसजी विजयी भएको छ ।

किलियन एमबाप्पेको दुई गोलमा पीएसजी ले सहज जित निकालेको हो । एम्बाप्पेले खेलको १६औ र ६३ औ मिनेटमा गोल गरेका थिए ।

मेस्सी खेलको ६६औ मिनेटमा नेइमारलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गएका थिए । मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो ।

यो जितपछि पीएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । पीएसजीको चार खेलमा १२ अंक भएको( छ भने लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यस अघि तीन बराबरी खेलेको रेइम्सको भने यो पहिलो हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here