इपिएल विजेतालाई ५० लाख

काठमाडौं, १५ भदौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । इपिएलले मंगलबार विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कार रकम घोषणा गरेको हो । विजेताले ५० र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो । यसअघि नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार धनगढी प्रिमियर लिग(डिपिएल) मा ३० लाख थियो । तेस्रो संस्करणको डिपिएल च्याम्पियन सिवाइसी अत्तरियाले ३० लाख र उपविजेता महेन्द्रनगर युनाइटेडले १२ लाख प्राप्त गरेका थिए ।

तेस्रो संस्करणको इपिएलको विजेता ललितपुर प्याट्रियटर्सले २५ लाख र उप विजेता भैरहवा ग्ल्याडियटर्सले १० लाख रुपैयाँ प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here