नेपाल र भारतबीचको खेलमा दर्शकले प्रवेश पाउने तर, यस्ता छन् सर्त

काठमाडौं, १६ भदौ । नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल दर्शक सहित खेलाइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ ।

दशरथ रंगशालामा बिहीबार साँझ हुने पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका र पिसिआर परिक्षणबाट नेगेटिभ आएका लाई मात्र प्रवेश दिने एन्फाले जनाएको छ ।

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ ।

एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको बताईएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here