यस्ता संकेत: जसले बताउछ तपाईंको मिर्गौलामा समस्या छ

काठमाडौं । धेरैजसो मानिसहरुलाई पहिलो चरणमा मिर्गौला सम्बन्धी समस्या भएको थाहै हुँदैन् ।

समयमा पहिचान गरेर यसको उपचार नगरेको खण्डमा मिर्गौलामा क्षति बढ्दै गई यसले अपरिवर्तनीय जटिलताहरू निम्त्याउन सक्छ । सामान्यतया मोटोपना उच्च रक्तचाप, मधुमेह वा मिर्गौला रोगको पारिवारिक इतिहास भएका मानिसहरूमा दीर्घकालीन मिर्गौला रोग देखिन्छ ।

तर, उमेर बढ्दै जाँदा, जन्म तौल कम हुनु, लामो समयका लागि केही औषधिहरूको प्रयोग, पिसाब वा मुत्र नलीमा समस्या, पत्थरी, तथा जीवनशैलीका कारण मानिस मिर्गौला रोगको जोखिममा हुन्छन् ।

मिर्गौलाले पिसाब बनाउँछ, त्यसैले मिर्गौलाले ठीक तरिकाले काम नगर्दा मुत्र परिवर्तन हुन सक्छ । बारम्बार पिसाब लाग्ने, रातको समयमा बढी पिसाब लाग्ने मिर्गौला रोगको सङ्केत हुन सक्छ ।

मिर्गौला रोगबाट पीडित मानिसहरूमा अनिद्राको समस्या देखिन्छ । मिर्गौला ठिक तरिकाले फिल्टर नगर्दा विषाक्त पदार्थहरू रगतमा रहिरहन्छ जसले निद्रामा असर गर्छ । सामान्य जनसङ्ख्याको तुलनामा दीर्घकालीन मिर्गौला रोगबाट पीडित मानिसहरूमा स्लिप एपनियाको समस्या बढी सामान्य देखिएको छ । मिर्गौला रोगबाट पीडित मानिसहरूमा छालाको समस्या पनि देखिन सक्छ ।

सुक्खा छाला तथा चिलाउने मिलिरल र हड्डीको समस्यासँग जोडिएको छ जसले मिर्गौला रोगको सङ्केत गर्न सक्छ । मिर्गौलाले रगतमा खनिज र पोषक तत्वको उचित सन्तुलन गर्न नसक्दा छाला सुक्खा र चिलाउने हुन्छ । मिर्गौलामा भएको समस्याले पेरिअर्बिटल इडिमाको हुन सक्छ, जसमा आँखाको वरिपरि सुन्निने हुन्छ ।

शरीरमा राख्नको सट्टा मिर्गौलाबाट पिसाबमा प्रोटिनको एक ठूलो मात्रा लिकेज हुँदा आँखा सुन्निने हुन सक्छ । यो समस्या एक वा दुबै आँखामा विकसित हुन सक्छ । मिर्गौलामा भएको समस्याले खुट्टा तथा पाइताला पनि सुन्निने हुन्छ । मिर्गौलाले अतिरिक्त तरल पदार्थ हटाउन असमर्थ हुँदा खुट्टा, पाइताला र केही अवस्थामा हात पनि सुन्निन सक्छ ।

मिर्गौला रोग भएका मानिसहरूमा मांसपेशीको दुखाइ हुन्छ । तरल पदार्थ र शरीरमा इलेक्ट्रोलाइट्सको असन्तुलनका कारण दुखाइ हुन्छ । यो मिर्गौलाको समस्याबाहेक स्नायुको क्षति र रक्तप्रवाहका समस्याका कारण पनि हुन्छ । शरीरमा कम क्याल्सियम र फास्फोरसको स्तर कम भए पनि मांसपेशीमा दुखाइ सुरू हुन्छ । खाना खान मन नलाग्नु, शरीरको तौल घट्दै जानु पनि मिर्गौला रोगको सङ्केत हुनसक्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here