भरतमणि, बिक्की र सन्तोष कमेडी च्याम्पियनको फाइनलमा, हिक्मत बाहिरिए

काठमाडौं । भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फाइनलमा प्रवेश गरेका छन् ।

स्रोतको अनुसार सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनिहरु फाइनलमा पुगेका हुन् । सुदूरपश्चिम कञ्चनपुरका हिक्मत महरा आउट भएका छन् ।

हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । कमेडी च्याम्पियनको नयाँ श्रृंखला प्रशारण भइसकेको छैन । सेमिफाइनलमा बिक्कीले ‘पेन्टोमाइम’ प्रस्तुति दिएका थिए ।

उक्त प्रस्तुति आफूले नबुझेको निर्णायक सन्तोष पन्तले बताउँदै दर्शकले पनि नबुझ्ने र भोट कम आउनसक्ने बताएका थिए । सोही अभिव्यक्तिका कारण उनको चर्को आलोचना भएको थियो ।

के हो सन्तोष पन्तले नबुझेका ‘पेन्टोमाइम’ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here