स्वस्थ मुटुका लागि कफी !

काठमाडौं । दैनिक तीन कप कफीको सेवनले मुटुलाई स्वस्थ राख्ने अध्ययनले देखाएको छ ।

बुडापेस्टको सेमेलवेस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार दैनिक कफीको सेवनले स्ट्रोकको जोखिम २१ प्रतिशत र मुटु रोगको जोखिमलाई १७ प्रतिशतले घटाउँछ । स्वास्थ्यमा कफीको प्रभाव बुझ्नका लागि युके बायोबैङ्कमा दर्ता भएका चार लाख ६० हजार मानिसहरूमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा मानिहरूको स्वास्थ्य र कफी पिउने बानीको विश्लेषण गरिएको थियो । र, यसलाई बुझ्न मानिसहरूलाई तीन भागमा विभाजित गरिएको थियो । पहिलो समूहमा २२ प्रतिशतले कफी नपिउने, दोस्रो समूहमा ५८ प्रतिशत मानिसहरूले आधादेखि तीन कप कफी पिउने गरेको र तेस्रो समूहमा २० प्रतिशत मानिसहरूले दिनमा तीन कपभन्दा बढी कफी पिउने गरेका थिए ।

मुटुमा कफीको प्रभाव हेर्न अनुसन्धानमा संलग्न मानिसहरूको मुटुको एमआरआई स्क्यान गरिएको थियो । एक दिनमा तीन कप कफी पिउने समूहको मानिसमा मृत्युको जोखिम १२ प्रतिशतले कम भएको अध्ययनले देखाएको छ । साथै, उनीहरूमा मुटु रोगको जोखिम १७ प्रतिशत र स्ट्रोकको जोखिम २१ प्रतिशतले घटेको पाइयो ।

स्क्यानका रिपोर्टलाई कफी नपिउने बिरामीहरूको मुटुसँग तुलना गरीएको थियो । जसका अनुसार दैनिक कफी पिउने मानिसको मुटु स्वस्थ आकारको र यसले राम्रो काम गरेको पाइयो । कफीले मुटुमा उमेरको प्रभावलाई पनि कम गर्छ । शोधकर्ता डा। जुडिट साइमनका अनुसार यो अध्ययन ठूलो मात्रामा हृदय रोग र कफीको सम्बन्ध बुझ्नका गरिएको हो ।

अनुसन्धानले सीमित मात्रामा कफी लिन सुरक्षित हुने देखाएको उनको भनाइ छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here