भारतिय अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

काठमाडौं, १७ भदौ । भारतिय अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

बुधबार बेलुका सुत्नुअघि औषधी खाएर सुतेका ४० वर्षीय शुक्लाको बिहान हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।

टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए ।

उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here