सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० भदौ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य ३५ रुपैयाँ बढेर प्रतितोला १२३० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here