काठमाडौं । वायु प्रदूषणले मानिसको आयु घटाउने कुरा एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण विश्वका मानिसहरुको औसत आयु नौ वर्षले घट्न सक्ने जनाएको छ ।
संसारभर बढिरहेको वायु प्रदूषणको प्रभाव करोडौं मानिसमा देखिइएको छ । सिकागो विश्वविद्यालयको उर्जा नीति प्रतिष्ठान (इपिआइसी) को सो प्रतिवेदनले वायु प्रदूषणबाट मुक्त हुनका लागि सफा वायु नीतिहरू कार्यान्वयन गनु पर्ने जनाएको छ ।
बाली जलाउने, इँटाभट्टा र औद्योगिक गतिविधिहरूले प्रदूषण कणको वृद्धिमा योगदान पुर्याइरहेको छ । यस्ता सूक्ष्म कणहरूको कारण भएको प्रदूषणले संसारमा मानव स्वास्थ्यको लागि सबैभन्दा ठुलो खतरा बनेको छ ।
प्रतिवेदनमा यदि डब्लुएडओको कडा सफा वायु नीतिहरू कार्यान्वयन गरिएको खण्डमा मानिसहरूको औसत आयु १० वर्ष थपिने पनि जनाइएको छ ।
उक्त प्रतिवेदनमा विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएका पाँच मुलुकको सूचीमा बङ्गलादेश, भारत, नेपाल र पाकिस्तान रहेको उल्लेख गरिएको छ । यी देशहरूमा वायु प्रदूषण विश्व प्रदूषणको एक चौथाईको लागि जिम्मेवार रहेको प्रतिवेदनमा उल्लेख छ । एजेन्सी