भारतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा, अघिल्लो खेलमा गोल गरेका अन्जन बेञ्चमा

काठमाडौं । दक्षिण एसियाली चिरपरिचित प्रतिद्धन्द्धी भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरली भारतविरुद्धको पहिलो खेलमा भन्दा तीन खेलाडी परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठलाई बेञ्चमा राख्दा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई पहिलो रोजाईमा मौका दिएका छन् ।

नेपालको गोलपोस्ट कप्तान किरण चेम्जोङले नै सम्हाल्नेछन् । नियमित डिफेन्डर रोहित चन्दको अनुपस्थितिमा अनन्त तामाङलाई गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुजल श्रेष्ठले नेपालको रक्षापङ्ति सम्हल्नेछन् । मिडफिल्डमा पुजन उपरकोटीसँगै तेज तामाङ र सुमन लामाले निरन्तरता पाएका छन् ।

फरवार्डमा अशिष लामा र मनिष डाँगीले पहिलो रोजाईमा मौका पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here