दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल पराजित

काठमाडौं, २० भदौ । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गोल गरेको छ। पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको थियो ।

भारतका लागि ६२ औं मिनेटमा फारुक हाजी चौधरीले र ८० मिनेटमा कप्तान सुनिल क्षेत्रीले दोस्रो गोल गरे । नेपालका लागि ८६ औं मिनेटमा तेज तामाङले गोल गरे पनि बराबरी वा जितको लागि पर्याप्त भएन ।

असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीको लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि गएको बिहीवार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here