अर्जेन्टिना र ब्राजिलबीचको खेल शुरु भएको ६ मिनेटमा रद्ध, मेसी असन्तुष्ट

काठमाडौं, २१ भदौ । अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । दक्षिण अमेरिकी क्षेत्र अन्तर्गत विश्वकप छनौटको खेलमा स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेपछि खेल रद्ध भएको हो ।

दुवैबीच ६ मिनेटको खेलपछि खेलमा स्वास्थ्य साओ पाओलोका स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेका थिए ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाले स्वास्थ्य मापदण्ड पालना नगरेका चार खेलाडी एमिलियानो मार्टिनज, एमिलियानो बुएन्डिया, क्रिस्टियन रोमेरो र गिओभानी लो केल्सोलाई खेलाए पछि विवाद भएको थियो ।

अर्जेन्टिनाको टोलीमा इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन क्वरेण्टीन बस्नुपर्ने नियम छ । तर, अर्जेन्टिनाका ती खेलाडीले नियम तोडेकाले डिपोर्ट (देश निकाला) गर्नुपर्ने बताएको थियो ।

नियमअनुसार यी चार खेलाडीले देश छोड्नुपर्ने वा १४ दिन क्वरेण्टीन बस्नुपर्ने प्रावधान छ । अर्जेन्टिनाले मैदान छाडेको एक घण्टासम्म पनि ब्राजिलका खेलाडीले खेल सुरु हुने आशमा मैदान छाडेका थिएनन् । तर खेल सुरु हुन नसक्ने भएपछि रेफ्रीले खेल रद्ध भएको घोषणा गरे ।

उनीहरुले ब्राजिल प्रवेश गर्न पेश गरेको स्वास्थ्य सम्बन्धि कागजपत्र नक्कली बनाएको पाइएपछि ब्राजिलका आधिकारीहरुले खेलनै रोकेका थिए । बेलायतबाट गएका उनीहरुले स्थानीय क्वारेन्टाइनको नियम तोड्न नक्कली कागज बनाएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले अहिले वैश्विक महामारीका बेला खेलाडीले अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा नक्कली कागज बनाएर क्वारेन्टाइनको नियम तोडेको आरोप लगाएका छन् ।

यस प्रकरणलाई अब दक्षिण अमेरिकी फुटबल फेडेरेसनले छानबिन गर्ने भएको छ ।

कोरोना संक्रमणक कारण बेलायत अहिले ब्राजिलको रेड जोनमा रहेका कारण ब्राजिलले आफ्नो राष्ट्रिय टिमका ९ खेलाडीलाई क्वरेण्टीनकै नियमका कारण यस खेलमा गुमाएकाले अर्जेन्टिनी खेलाडीप्रति कडा रुपमा प्रस्तुत भएको बुझिएको छ ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले भने खेल शुरु भैसकेपछिको यो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले खेलशुरु हुनुअघि नै यस विषयमा एक्शन लिनुपर्नेमा खेल शुरु भैसकेकपछि रोकिनु गलत भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here