एकदिवसीय क्रिकेटमा विक्रम, कुशल र आसिफको डेब्यु, विक्रमले लिए २ विकेट

काठमाडौं, २२ भदौ । विक्रम सोब, कुशल भुर्तेल र आसिफ शेखले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन खेलाडीले डेब्यु गरेका हुन् । विक्रम सोबले भने डेब्यु खेलमा नै विकेट लिएका छन् ।

यो समाचार तयार पर्दा विक्रमले २ विकेट लिएका छन् । उनले ३ ओभर बलिङ गर्दै ६ रन दिएर २ विकेट लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here