नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हरायो, रोहित र सोमपालको अर्धशतकीय साझेदारी

काठमाडौं, २२ भदौ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ ।

मंगलबार ओमानमा भएको खेलमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालको जितमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारी गरे । रोहित रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भएका थिए भने सोमपाल २२ रनमा अविजित रहे ।

त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ रन बनाए । कप्तान मल्ल १७ ओभरको अन्तिम बलमा ६ रन बनाएर आउट भएका थिए । शरद भेषवाकर ६ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद सोपरले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here