सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ भदौ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १२२० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here