मेस्सी भित्र्याएपनि पीएसजीलाई च्याम्पियन्स लिग जित्न कठिन छ : रोनाल्डो

काठमाडौं । मेस्सीलाई क्लबमा भित्र्याए पनि पेरिस सेन्ट जर्मन (पीएसजी) लाई यो सिजन च्याम्पियन्स लिग जित्न कठिन हुने कुरा रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डो नाजारियोले बताएका छन् ।

हाल स्पेनिस क्लब रियल भालाडोलिडको अध्यक्ष रहेका रोनाल्डोले रियल म्याड्रिडको उदाहरण दिँदै कागजमा सशक्त देखिँदैमा टोलीले सधैँ युरोपको सर्वोच्च उपाधि जित्न नसक्ने बताएका हुन् ।

‘क्वार्टरफाइनल पछि क्लबको स्तर स्पष्ट हुँदै जान्छ । पेरिस सेन्ट जर्मेनको सम्भावना प्रबल छ । तर, खेलाडी राम्रा हुँदैमा टिमले जित्छ भन्न सकिन्ँदैन् ।’ उनले भने, ‘मैदानमा नतिजालाई धेरै कुराले प्रभावित गर्छ । ग्यालेक्टिकोस्को टोलीमा मैले रियलका लागि पाँच सिजन खेलेँ तर च्याम्पियन्स लिग कहिले जित्न सकिनँ । तपाईंसँग उत्कृष्ट खेलाडी भए पनि जित्ने कुरा अटोमेटिक हुँदैन ।’

साथै, उनले आफूलाई एम्बाप्पे मन पर्ने समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here