शिवालयहरुमा तीजको रौनक, पशुपतिनाथ मन्दिर नखुल्ने

फाइलफोटो

काठमाडौं, २४ भदौ । आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।

बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।

तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

व्रत मात्र बस्दैनन्, दिदिबहिनी आज नजिकको शिवालय पुग्छन, र भगवान शिवको पूजा आरधनामा लिप्त हुन्छन् ।

किंवदन्ती अनुसार भगवान शिवको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै देवि पार्वतीले उपवास लिनु भएको दिनको सम्झनामा आज महिलाहरु पतिको लामो आयू माग्दै व्रत बस्ने गर्छन् ।

आज बिहानैदेखि देशभरका शिवालयमा महिलाको ठूलो घूँइचो छ । यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ।

पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here