फरक जिम्मेवारीका साथ भारतको विश्वकप टोलीमा फर्किए धोनी

काठमाडौं । भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नयाँ जिम्मेवारीका साथ भारतिय राष्ट्रिय टोलीमा फर्कने भएका छन् ।

भारतले धोनीलाई अर्को महिना संयुक्त अरब इमरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोलीको मेन्टरको रुपमा नियुक्त गरेको छ ।

भारतले बुधबार विराट कोहलीको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । धोनी मेन्टरको रुपमा भारतीय विश्वकप टोलीमा हुने छन् । खेलाडी र कोचिङ स्टाफलाई धोनीले सल्लाह र सुझाव दिनेछन् ।

धोनीको जिम्मेवारी खेलाडीको कमजोरी पहिल्याउँदै सुधारको लागि आवश्यक सुझाव दिने हुने बताईएको छ । धोनीले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

यस्तो छ विश्वकप खेल्ने भारतको टोली

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), के.एल. राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), हार्दिक पान्ड्या, रभिन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, अक्षर पटेल, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी ।

वैकल्पिक खेलाडी : श्रेयस ऐर, शार्दूल ठाकुर र दीपक चाहर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here