कप्तान मेसीको ह्याट्रिक, अर्जेण्टिना विजयी

काठमाडौं, २५ भदौ । कप्तान लियोनल मेसीले ह्याट्रिक पुरा गरेको खेलमा अर्जेन्टिना बिजयी भएको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरे । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका हुन् । अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेसीको गोलबाट अग्रता लियो ।

लियान्द्रो ड्यानियल पारेडेसको पासमा उनले दर्शनीय गोल गरे । ६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट गोल गरे । ८९औं मिनेटमा मेसीले ह्याट्रिक पुरा गरे । अर्जेन्टिनाबाका लागि यो उनको ७९औं गोल हो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here