‘मोबाइल लत’ले निम्त्याउदै छ यस्ता स्वास्थ्य समस्या

सांकेतिक तस्वीर

काठमाडौं । मोबाइल मानिसको अपरिहार्य वस्तु बनिसकको छ । काम होस् वा नहोस् मानिस घन्टौँसम्म मोबाइल चलाइरन्छन् ।

अत्यधिक मेसेज टाइप गर्दा, स्क्रिनमा एकोहोरो हेरिरहँदा, धेरै फोटो वा सेल्फी खिच्दा नसासम्बन्धी गम्भीर समस्याहरू उत्पन्न भइरहेका छन् । अत्यधिक फोनको प्रयोगले मानिसहरूलाई केही गम्भीर रोगहरूको जोखिम बढाएको छ ।

जसकारण मोबाइल फोनबाट ब्रेक लिन वा स्क्रिन टाइम घटाउन जरुरी देखिन्छ । यी पाँच कारण मोबाइल फोनबाट ब्रेक लिन आवश्यक छ ।

आँखामा क्षति

फोनको स्क्रिनबाट निस्किने निलो प्रकाशले आँखामा सजिलै क्षति गर्न सक्छ । स्क्रिनको अत्यधिक प्रयोगले आँखामा क्षति, टाउको दुखाइ, दृष्टि धमिलो हुँदै जाने र सुक्खा आँखाको समस्या निम्यत्याउँछ । यीमध्ये कुनै पनि लक्षण देखिएमा आँखालाई ब्रेक दिन र स्क्रिन टाइम घटाउन जरुरी हुन्छ ।

कार्पेल टनेल र सेल्फी रिस्टको जोखिम

दिनमा पाँचदेखि ६ घण्टा फोनको प्रयोग गर्नेहरूमा भविष्यमा यी समस्याबाट ग्रस्त हुने सम्भावना बढी हुन्छ । कार्पेल टनेल र सेल्फी रिस्टमा हातको दुखाइ, हात झमझम हुने, निदाउने, चाल नपाउने जस्ता समस्याहरू हुनसक्छ । यसबाहेक फोनको बढी प्रयोगले ढाडको दुखाइ र घाँटी दुखाइ पनि बढ्दो समस्या हो ।

छालामा समस्या

फोन विभिन्न प्रकारको जीवाणु र ब्याक्टेरियाको घर हो । यी रोगजनकहरू छालामा सरेर छाला र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कान वा गालाको नजिक फोन राख्दा कीटाणुहरू छालामा सर्छ जसले एक्ने, दाग आउने, चाउरी पर्ने, समय अगावै बुढो देखिने वा अन्य छालाको समस्या गराउँछ । यसबाट बच्नका लागि फोनलाई नियमित रूपले अल्कोहल वाइप्सबाट सफा गर्नुपर्छ ।

फोनको अत्यधिक प्रयोगले निद्रामा समस्या

स्वस्थ शरीरका लागि दैनिक सातदेखि आठ घन्टा सुत्न आवश्यक हुन्छ । तर मानिस अत्यधिक फोनको प्रयोगले राति ढिलो सुत्छन् र धेरै मानिस निद्रा नलाग्ने समस्या भोहिरहेका छन् ।

फोनको स्क्रिनमा हेरिरहँदा केहीबेर निदाए पनि उनीहरूको निदाउने प्याटर्नमा असर पुगिरहेको हुन्छ । निद्रामा समस्या भएमा छिटो रिसाउने, मुडी हुने, र चाहिनेभन्दा बढी खाने बनाउन सक्छ ।

फोनको अत्यधिक प्रयोगले स्ट्रेस निम्त्याउन सक्छ

फोनले मानिसलाई दुई तरिकाले अधिक तनाव निम्त्याउन सक्छ । निद्रा नलाग्ने समस्याका कारण पनि मानिसलाई तनाव हुनसक्छ । र इन्टरनेटबाट अत्यधिक वा नकारात्मक जानकारीका कारण पनि कोर्टिसोल स्तर बढेर तनाव बढ्न सक्छ । फोनको लतले मानिसमा एन्जाइटी, डिप्रेसन निम्त्याउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here