टस जितेर ब्याटिङमा नेपाल, टोलीमा ३ परिवर्तन

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)सँगको दोस्रो एकदिवशीय खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका हुन् ।

ओमानको अल अमेरात मैदानमा नेपालले पहिलोपटक डे–नाइट एकदिवशीय अन्तर्राराष्ट्रिय खेल खेल्दैछ ।

विहीबार भएको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेलेको टिममा तीनजना परिवर्तन भएका छन् । भेट्रान ब्याट्सम्यान शरद भेषावकर, आरिफ शेख र पवन सर्राफलाई आजको खेलमा टिममा राखिएको छैन ।

उनीहरुको स्थानमा करण केसी, विनोद भण्डारी र सुशान भारीले स्थान बनाएका छन् ।

पहिलो खेलमा नेपालले २ विकेटको जित हासिल गरेको थियो ।

यस्तो छ नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here