त्रिकोणात्मक ओडिआई सिरिज : टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, २८ भदौ । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले दोस्रो सिरिजमा अहिले अमेरिकासँग खेल्दैछ । जसमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमान स्थित अल अमारत क्रिकेट मैदानमा नेपाली टिमले कुनै परिवर्तन गरेको छैन । पीएनजीसँग दोस्रो खेल खेलेको टिम नै रहेको छ ।

नेपाली टोली– ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।

यता अमेरिकी टिममा पनि अन्तिम समयमा दुई खेलाडीले चोट बोक्दा टिम बाहिर भएका छन । उसका मध्यक्रमका खेलाडी आरोन जोन्स र तेज गतिका बलर जेसी सिंह चोटका कारण टिमबाट बाहिरिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here