च्याम्पियन्स लिग : आज बार्सिलाना र बायर्न सहित अन्य आठ खेल हुँदै

काठमाडौं । युरोपको सर्वाधिक ठुलो क्लब फुबटल प्रतियोगिता च्याम्पियन्स लिगका खेलहरू आजबाट सुरु हुँदै छन् । समूह चरणका खेलअन्र्तगत आज आठ खेल हुनेछन् ।

आज स्पेनिस क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिखको भिडन्त हुँदै छ भने इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी, इटालियन क्लब युभेन्टस पनि प्रतिस्पर्धामा छन् ।

समूह ‘ई’का बार्सिलोना र बायर्नबीचको खेल नेपाली समयानुसार राति १२ः४५ बजे क्याप नोउमा हुने छ । यसअघि च्याम्पियन्स लिगमा यी दुई टिमको भिडन्त सन् २०१९–२० को सिजनमा भएको थियो ।

जसमा बायर्नले बार्सिलोनामाथि ८–२ गोलान्तरको फराकिलो जित निकालेको थियो । सोही खेलको बदला लिने दाउमा आज बार्सिलोना छ ।

यस्तै, राति १०ः३० बजेबाट म्यानचेस्टर युनाइटेडले स्विट्जरल्यान्डको योङ्ग ब्वाइजसँग खेल्ने छ । स्विट्जरल्यान्डस्थित बेर्नमा हुने यो खेलमा दुवै टोली सुखद सुरुआत गर्ने योजनामा छन् ।

यस्ता छन् अन्य खेल

सेभिल्ला भर्सेस आरबी साल्ज्बर्ग– राति १०ः३० बजे
म्यानचेस्टर युनाइटेड भर्सेस योङ्ग ब्वाइज– राति १०ः३० बजे
लिले भर्सेस वुल्फसबर्ग– राति २०ः४५ बजे
भिल्लारियल भर्सेस अटलान्टा– राति १२ः४५ बजे
चेल्सी भर्सेस जेनित– राति १२ः४५ बजे
युभेन्टस भर्सेस माल्मो– राति १२ः४५ बजे
बार्सिलोना भर्सेस बायर्न– राति १२ः४५ बजे
डायनामो किभ भर्सेस बेन्फिका– राति १२ः४५ बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here