तौल घटाउनको लागि गर्नै पर्ने तीन काम

काठमाडौं । कोभिड सङ्क्रमितहरूको सङ्ख्यामा कमी आउँदै गर्दा सबै कुराहरू सामान्य अवस्थामा फर्किँदै छ । महामारीले निम्त्याएको धेरै समस्याहरूमध्ये मोटोपना पनि एक हो ।

लकडाउन, निषेधाज्ञा र वर्क फ्रम होमका कारण घरमा सीमित भएका धेरैजसो मानिसहरूले महामारीको समयमा अनावश्यक तौल बढाएका छन् । मोटपनाको समस्याले मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोग लगायतका समस्याको जोखिम पनि बढाउँछ ।

तौल घटाउन सहज नहुन सक्छ । तौल घटाउँदा, स्वस्थ रहन ध्यान केन्द्रित गर्नुभन्दा पनि धेरैजसो मानिसहरू शरीरको आकारमा मात्र ध्यान दिने गर्छ, जसले धेरै स्वास्थ्यका समस्याहरू निम्त्याउँछ । तौल घटाउन कोसिस गरिरहेका वा सोच बनाएका मानिसले तीन कुरामा ध्यान दिन जरुरी हुन्छ ।

१. शरीरलाई हाइड्रेट राख्न जरुरी

तौल घटाउनका लागि शरीरलाई हाइड्रेटेड राख्नु सबैभन्दा महत्त्वपूर्ण हुुन्छ । पानीले भोकलाई रोक्न सक्छ । पर्याप्त पानी पिएमा यसले जङ्क फुड वा अस्वस्थ खाना खानाबाट पनि रोक्न सक्छ । जसले तौल घटाउन मद्दत गर्छ ।

एक दिनमा कम्तिमा पनि दुईदेखि तीन लिटर पानी पिउनु पर्छ । तर पानीको मात्रा मौसम, शारीरिक गतिविधिको स्तर वा धेरै चीजहरूको आधारमा बढ्न सक्छ ।

२. दैनिक डाइटमा फलफूल मिसाउन जरुरी

सामान्यतया तौल घटाउने कोसिस गर्दा परिष्कृत चिनीको सेवन नगर्न सल्लाह दिइन्छ । फलहरूमा हुने प्राकृतिक चिनीले दिनभरिको लागि उर्जा प्रदान गर्छ । फलको सेवनले लामो समयसम्म पेट भर्ने हुँदा पटक(पटक भोक लाग्दैन, जसले तौल घटाउन सहयोग पुर्‍याउँछ ।

३. सक्रिय रहन आवश्यक

लामो समयसम्म बस्नाले केही घातक रोगहरूको जोखिम बढाउँछ । तौल घटाउनका लागि हरेक दिन एक घण्टाको लागि व्यायाम गरेपनि दिनभर सक्रिय रहन सुझाव दिइन्छ । सिँढी चढ्ने, हिँड्ने, अफिसमा पनि समयसमयमा ब्रेक लिने, फोनमा कुरा गर्दा हिँड्नाले मेटाबोलिजम बढाउन र तौल घटाउन मद्दत गर्न सक्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here