च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग पराजित

काठमाडौं, ३० भदौ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीस टोली योङ ब्वाइजसँग पराजित भएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली योङ ब्वाइजसँग २–१ ले स्तब्ध बनेको हो ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित बन्यो । क्रिस्टोफर मार्टिनलाई फउल गरेपछि आरोन वान बिसाका रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

खेलको ६६ औँ मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सिल्बान हेफ्तीको पासलाई गोल गरेका थिए । इन्ज्युरी समयको पाँचौ मिनेटमा थिओसन सिबात्चेउले गोल गर्दै ब्वाइजलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here