च्याम्पियन्स लिग: पहिलो खेलमै बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं, ३० भदौ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले बार्सिलोनामाथि सहज जित हासिल गरेको छ ।

मंगलबार राती बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा जर्मन महारथी बायर्न म्युनिखसँग ३-० को हार बेहोरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने थोमस मुलरले एक गोल गरेका थिए । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ र थोमस मुलरले १ गोल गरे ।

खेलको ३४ औँ मिनेटमा मुलरको गोलमार्फत पाहुना टोलीले अग्रता लिएको थियो । ५६ औँ र ८५ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

यो समुहमानै डाइनोमो किएभ र बेन्फिकाले गोलरहित बराबरी खेले। पाहुना टोली बेन्फिकाले खेल अधिकांश समय आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न चुक्दा अंक बाँड्यो।

समुहमा बार्सिलोना अंक बिहिन हुँदा बायर्नको ३ तथा बेन्फिका र किएभले समान १-१ अंक बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here